कञ्चनपुरमा आरक्षपीडितलाई सहयोग
कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाका आरक्षपीडितलाई न्याना कपडा वितरण गरिएको छ। रुडुक नेपालले बेदकोट नगरपालिका ९ सुन्दरपुर क्षेत्रका आरक्षपीडितलाई न्याना कपडा वितरण गरेको हो। शितहलर बढ्दै गएपछि विपन्न परिवार संकटमा परेको भन्दै रुडुक नेपालले विपन्न आरक्षपीडितलाई न्याना कपडा (कम्बल) वितरण गरेको जनाएको छ।
नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता सिरोमणी कुमार ओझाले पीडितको नाजुक अवस्था देखेर रुडुक नेपालकी महासचिव एव काँग्रेस नेतृ ज्योत्सना साउदको विशेष पहलमा पीडित परिवारलाई न्याना कपडा वितरण गरिएको बताए। २ सय ६० परिवारलाई न्याना कपडा वितरण गरिएको उनले बताए। चिसोमा न्याना कपडा पाएपछि पीडित हर्षित भएका छन्।