अछाममा एक युवक मृत भेटिए, हत्याको आशंका
अछामः अछाममा एक युवक मृत अवस्थामा भेटिएका छन्। सोमबार जिलाको कमलबजार नगरपालिका ५ कुइकाका ३७ वर्षीय भानुभक्त तिमिल्सैना मृत भेटिएका हुन्। उनको आफ्नै घर भन्दा ५०० मिटरको दुरीमा उनको शव भेटिएको अछाम प्रहरीले जनाएको छ।
उनी अछाममा दुई महिना अघि हत्या गरिएको भनिएका रेशमराज तिमिल्सैनाको हत्या मुद्दाका साच्छी रहेका थिए। साेही कारणा तिमिल्सैनाको हत्या भएको उनका आफन्तहरले आशंका गरेका छन्। उनी गत तिमिल्सैना कार्तिक २ गते राति गैटाणमा हत्या गरिएका रेशमराज तिमिल्सैनाको मुद्दामा नेपाल सरकारतर्फका साच्छी रहेका थिए ।
अहिले घटनास्थलतर्फ सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली गइरहेको छ। घप्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।