सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेबिसंघ नव निर्वाचित समितिको सफथ ग्रहण

२०७५ पुष २६, ०६:१७ सीपी लोहीया

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बैतडीका नवनिर्वाचित  अध्यक्ष कपिल केसीले आज सपथग्रहण गरेका छन्। नेपाली कांग्रेस बैतडीको पार्टी कार्यालय गोठलापानीमा केसीलाई कांग्रेस बैतडीका सभापती नरेन्द्र सिंह थापाले सपथग्रहण गराएका हुन्। यसका साथै निर्वाचन अधिकृत कर्णदेव भट्टले प्रमाणपत्र समेत वितरण गरेका छन्। सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कांग्रेस बैतडीका सभापती नरेन्द्र थापाले नवनिर्वाचित अध्यक्ष लगायत अन्य सम्पूर्ण कमिटिलाई बधाई तथा शुभकामना दिए। साथै विद्यार्थीको हकहितका लागी नेविसंघले कदम चाल्नुपर्ने धारणा उनले व्यक्त गरे। नेविसंघका अध्यक्ष केसीले सपथ ग्रहण र प्रमाणपत्र ग्रहण गरेपनि अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराई प्रमाणपत्र वितरण गर्ने बताएका छन्। सपथग्रहण तथा प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष केसीले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागी सम्वन्धित निकायलाई घच्घचाउने बताए। यसका साथै विद्यार्थीको हकअधिकारको लागी सधै लागीपर्ने प्रतिवद्धता समेत ब्यक्त गरे।

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस