सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाडाको भवनमा कार्यालय सञ्चालन

२०७५ पुष २६, ०५:३१ सीपी लोहीया

बैतडीको पाटन नगरपालिकासंग पर्याप्त मात्रामा भवन सरंचना हुदाँ हुदैँ भाडाको भवनमा कार्यालय सञ्चालन गरेको छ। 
नगरपालिकाले आफ्नै नयाँ भवन बनाइरहेको भएपनि नगरपालिका संग अहिले पुरानो १ तले भवनका साथै यसअघि महिला तथा बालबालिका कार्यालय रहेको भवन, पशुसेवा कार्यालय र कृषि कार्यालयको भवन नगरपालिकाकै स्वामित्वमा छ। तर नगरपालिकाले सरकारी भवनहरु हुदाँ हुदैँ निजि भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ। 
निजि भवन भाडामा लिएको नगरपालिकाले यसबर्ष बार्षिक ९लाख रुपयाँ भाडा तिर्ने बताइएको छ। निजि भवनमा कार्यालय सञ्चालन गरेको नगरपालिकाका प्रमुख केशब बहादुर चन्द भने यसअघि महिला तथा बालबालिकाको कार्यालय रहेको भवनलाई भने निवास बनाएर बसेका छन्। 
नगरपालिका संग रहेका सरकारी भवनका कोठाहरुमा धेरैमा तालाबन्दी छ भने केहिमा जनप्रतिनिधि बस्दै आएको नगरप्रबक्ता लोक बहादुर भण्डारीले बताए। तर नगर प्रमुख चन्दले भने भवनहरु पुराना तथा मर्मत गर्नुपर्ने खालका भएकाले कार्यालय प्रायोजनका लागी प्रयोग नगरेको तर मर्मत गरेर प्रयोग गरिने बताए। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस