सुदूर नेपाललाई विश्वसँग जोड्दै

डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती

। फोटो स्रोत ।
२०७५ पुष २६, ०५:२८ सीपी लोहीया

बैतडीका चारओटै नगरपालिकामा फोहर फाल्ने डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ। 
जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासंग पनि डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ। २०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ। 
केही बर्ष सम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपिपलमा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए। 
डम्पिङ साइडको लागि जमीन खोज्न थालेको बर्षौं भएपनि उपयुक्त जमीन नमिलेको उनले बताए। नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीनको खोजी भईरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए। 
फोहर व्यवस्थापनका लागि नगरपालिकाले शुरु देखि नै पहल थालेको भएपनि जमीन नपाउँदा समस्या भएको छ। यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ। पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेकाले नगरपालिकाले त्यसका लागि बजेट विनियोजन नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबीन अधिकारीले जानकारी दिए। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस