सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीमा देखियो कोरोना, सेवा बन्द

२०७८ पुष २५, ०३:२५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको छ। एक सूचना जारी गर्दै नगरपालिकाले आइतबारदेखि मंगलबारसम्म सेवाहरू बन्द गरेको हो।

तर, नगरपालिकाको कार्यालय मातहतका अन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने बताइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुका अनुसार कोरोना संक्रमण देखिएका कर्मचारीमध्ये एक जना केही साताअघि काठमाडौंबाट आएका थिए।

संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन्। उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीहरूको कोरोना परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए।

 

कमेन्ट लोड गर्नुस