मदिरा बेचबिखनका लागी मापदण्ड बन्यो
नगरपालिका भित्र मदिरा व्यवस्थापन गर्नकालागी बैतडीको दशरथचन्द नगरपालिकाले व्यापारी र सरोकारवाला संग छलफल गरेको छ।
छलफलबाट नगरपालिकाले मदिरा बेचबिखनको लागी निश्चित मापदण्ड बनाएको छ। बुधबार व्यापारी र सरोकारवाला बिच भएको छलफलमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधी निर्माण गर्ने, घरेलु मदिरालाई पूर्ण रुपमा रोक लगाउने, मदिरा बिक्रि अनुमतिपत्र प्राप्त व्यापारीहरुले दिउँसो २ देखी राती १० बजेसम्म मात्रै मदिराको कारोबार गर्न पाउने निर्णय गरेको छ।
जथाभाबि मदिरा बिक्रिबितरणले गर्दा दिनप्रतिदीन विभीन्न घट्नाहरु भईरहेकोले नगरपालिकाले मदिराको लागी मापदण्ड बनाएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए।
मदिराकै कारण महिलामाथी विभिन्न प्रकारका हिंसा भईरहेकोले नगरपालिकाले मदिरा बेचविखनलाई व्यवस्थीत गर्न लागेको नगर उपप्रमुख मिना चन्दले बताइन्। यो कार्यले विभिन्न आपराधिक क्रियाकलापमा कमि आउने विश्वास गरिएको छ।
मदिरा सेवन गरि गराइएको बिभिन्न घट्नाहरु प्रहरीकोमा बढी आउने भएकोले नगरपालिकाको यो कार्यले अब यस्ता घट्ना न्यूनिकरण हुने अपेक्षा गरीएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले बताए।