कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो।
भिमदत्त नगरपालिका वडा नम्बर १० को ७ नम्बर पिल्लर नजिक पैदल हिन्दै गरेका सोही नगरपालिका ५ सुकासाल बस्ने २९ वर्षीय दिकरदेब भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
उनको साथबाट सेतो कागज भित्र लुकाई राखेको अवस्थामा ०.१४ ग्राम लागुऔषध (खैरो हिरोईन) फेला परेको प्रहरीले बताएको छ। उनी माथी कानून बमोजिम थप अनुसन्धान भइरहेको बताइएको छ।