सुनको मूल्य बढ्यो
काठमाडौंः शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुनको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकेको छ। बिहीबार छापावल सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो। आजका लागि तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस्तै बिहीबार एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँ तोलामा बढेर एक हजार दुई सय ६० रुपैयाँ पुगेको छ।