कुमारी बैंकको सिस्टम ह्याक गर्ने धम्की, बैंकलाई इमेल
२०७८ पुष १५, ०३:२६
काठमाडौं: कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको छ। साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा सार प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा इमेलमा उल्लेख गरिएको छ।
कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन आग्रह गरेको छ।
कमेन्ट लोड गर्नुस