सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी मानिस कोरोनाविरुद्धको भ्याक्सिनबाट भाग्न रुख चढे

२०७८ पुष १४, ०४:२७ खबर संवाददाता

एजेन्सीः कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न वैज्ञानिकहरुले निकै मिहेनत गरेका छन्। कम्पनीहरुले अरबौंको धनराशी खर्च गरेका छन्। राज्यले आफ्नो कोषबाट कोरोना विरुद्धको भ्याक्सिनलाई अभियान चलाएको छ। तर, कतिपय मानिसहरु अझै भ्याक्सिनबाट डराएका छन्।

भ्याक्सिन लगाइदिन स्वास्थ्यकर्मी घरमै पुगेपछि भारतको पन्डुचरीमा एकजना मानिस भागे। कोरोना भाइरसविरुद्धको भ्याक्सिन क कस्ले लगाएको छैन भनी बुझ्न गएको टोलीले ती व्यक्तिले नलगाएको जानकारी पाएपछि भेट्न पुग्यो। तर, ती व्यक्ति भागे। भिल्लानुर नजिकैको गाउँका ४० वर्षीय मानिस रुख चढे। उनलाई सम्झाउन स्वास्थ्यकर्मीले रुखबाट ओर्लन भने। तर, उनी मानेनन्। स्वास्थ्यकर्मीले उक्त स्थान छाडेपछि बल्ल उनी रुखबाट झरे। यो भिडियो अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ।

पन्डुचरी सरकारले शतप्रतिशत नागरिकलाई भ्याक्सिन लगाउने कार्यक्रम बनाएको छ। घरदैलो गरेर भएपनि सबैलाई भ्याक्सिन लगाउने कार्यक्रम चलाएको छ। उनीहरुले कोन्नेरिकुपम गाउँ पुग्दा ती व्यक्तिले भ्याक्सिन लगाउन नपाएको जानकारी पाएर घरमै पुगेका थिए। उनीहरुलाई देख्नेवित्तिकै ती व्यक्ति रुख चढेका थिए। छिमेकी र स्वास्थ्यकर्मीले उनलाई भ्याक्सिन लगाउनुपर्ने आवश्यकता औल्याएका थिए। निकै सम्झाउँदा पनि मानेनन्। स्वास्थ्यकर्मीलाई पनि रुखमै चढ्न भने। झर्न नमानेपछि स्वास्थ्यकर्मीले उक्त स्थान छाडेका थिए।

कमेन्ट लोड गर्नुस