सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पुरुषको भारतमा मृत्यु

२०७८ पुष १३, ०४:४६ खबर संवाददाता

बैतडी: बैतडीका एक पुरुषको भारतमा मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–१० विजयपुर घर भएका ४९ वर्षीय आनसिंह महराको भारतमा मृत्यु भएको हो।  विगत ५ वर्षदेखि भारतको पिथौरागढ जिल्लाको नाचनी बासबगड भन्ने ठाउँमा काम गर्दै आएका महराको ५ दिनअघि मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। महरा पुस ८ गते राति सुतेकै ठाउँमा मृत फेला परेका थिए।

रोजगारीका लागि भारतमा रहेका महरा ठेकेदारले काम गरेको पैसा नदिएकै कारण ५ वर्षदेखि घरमा समेत आउन पाएका थिएनन्। काम गरेको पैसा असुल गर्न सहयोग गरिदिन मृतककी छोरी हजारी महराले सम्बन्धित निकायलाई आग्रह गरेकी छिन्। 
 

कमेन्ट लोड गर्नुस