कञ्चनपुरमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेका २ ट्र्याक्टर प्रहरीको नियन्त्रणमा
धनगढी : कञ्चनपुरमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेका २ ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले से१त ६५८९ र सु.प.प्र.०२-००१ त १४१९ नम्बरका २ ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
कृष्णपुर नगरपालिका-२ र ५ को सीमाना मछली नदीस्थित पूर्व-पश्चिम राजमार्गलाई जोड्ने पुल नजिकै उक्त पुललाई असर पर्नेगरी अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।चालकसहित नियन्त्रणमा लिइएका ती ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि कृष्णपुर नगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।