प्रधानमन्त्री कप महिला क्रिकेटः उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्दै(लाइभ)
धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपीएफ र प्रदेश १ भिडिरहेका छन्।
शनिवार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनलमा जित हासिल गर्दै दुवै टोली अहिले उपाधिका लागि भिडिरहेका हुन्। एपीएफले टस जितेर पहिले फिल्डिङ रोजेको छ। प्रदेश १ ब्याटिङ गरिरहेको छ।
पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदूपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपीएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको थियो।