सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जना घाइते

२०७८ पुष १०, ०३:५८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाको परशुराम नगरपालिका–१२ पन्तुराबाट जोगबुडाका लागि छुटेको गणेश भण्डारीको अटो सिद्धाथान नजिक दुर्घटनामा परेको हो। 

दुर्घटनामा स्थानीय बेलुदेवी कामी र पार्वती कामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जानकारी दिएको छ। घाइतेमध्ये बेलुदेवीको हात भाँच्चिएको र पार्वतीलाई सामान्य चोट लागेको छ। उनीहरूको जोगबुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस