सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका सात वटै पालिकामा नेकपा (एस)को कमिटी विस्तार

२०७८ पुष १०, ०९:४५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको ७ वटै स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी) को कमिटी गठन भएको छ। उल्लेख्य सहभागितासहित कमिटी गठन गरिएको नेकपा एस डडेल्धुराका प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले बताए। 

उनका अनुसार अमरगढी नगरपालिकाको अध्यक्षमा खेमराज पाठक चयन भएका छन् भने सचिवमा प्रकाश ऐर चयन भएका छन्। यस्तै परशुराम नगरपालिकाको अध्यक्षमा रामसिंह धामी र सचिवमा मोहनबहादुर सिंह चयन भएका छन्। अजयमेरु गाउँपालिकाको अध्यक्षमा डम्बर साउद र सचिवमा देवदत्त भट्ट, आलितालको अध्यक्षमा रामबहादुर कार्की र सचिवमा लालबहादुर धामी, गन्यापधुरामा दत्तराज अवस्थी अध्यक्षमा र मुकुन्द भट्ट सचिवमा चयन भएको मल्लले बताए। 

यस्तै भागेश्वर गाउँपालिकाको अध्यक्षमा खडक सिंह ऐडी तथा सचिवमा खडक सिंह साउद र नवदुर्गा गाउँपालिकाको अध्यक्षमा तेजबहादुर साउद  तथा सचिवमा देवबहादुर साउद चयन भएका छन्। 


 

कमेन्ट लोड गर्नुस