सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

२०७८ पुष ९, ०३:०२ खबर संवाददाता

डडेल्धुराः सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा डडेल्धुरा शाखाले डडेल्धुरा अस्पताललाई एकलाख बढिको सामाग्री हस्तान्तरण गरेको छ। बिरामी लगायत अन्य मानिसलाई अस्पतालमा बस्न सहजता दिनका लागि

बैंकले अस्ताललाई एकलाख २८ हजार बराबरका  फलामे कुर्सी हस्तान्तरण गरेको सिद्धार्थ बैंक डडेल्धुरा शाखाका प्रमुख तिर्थ झुकालले जानकारी दिए। डडेल्धुरा अस्पतालमा चेकजाँच गर्न आउने विरामीका साथै अन्य कुरुवा र सेवाग्राहीका लागि अराम गर्न र अस्पतालमा पालो कुर्न सहज हुुने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस