कञ्चनपुरको बेलौरीमा पुस १५ गते हाफ म्याराथन प्रतियोगिता हुने
धनगढी : कञ्चनपुरको बेलौरीमा पुस १५ गते हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। सिद्धेश्वर जयपृथ्वी क्लबको आयोजना र बेलौरी नगरपालिका-१० को सहयोगमा पुस १५ गते हाफ म्याराथन प्रतियोगिता हुने भएको हो। पुस १५ गते तमु ल्होसार पर्वका अवसरमा बेलौरी–१० मा प्रतियोगिता हुनेछ।
‘लागुऔषध तथा दुव्र्यसनी निर्मुलीकरण गरौँ, हरेक भान्सा घरलाई औषधालयमा परिणत गरौँ’ भन्ने मूल नाराका साथ हाफ म्याराथन प्रतियोगिता आयोजना गरिन लागिएको क्लबका अध्यक्ष पदम शाहले बताए। सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २ सय बढी व्यक्ति म्याराथनमा सहभागि हुने आयोजकको अनुमान छ। क्लबका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार ५ सय र दोस्रो हुनेले ३ हजार ३ सय पुरस्कार पाउने छन्।