सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेटियो डाइनसोरको भ्रूण

२०७८ पुष ८, ०४:०६ खबर संवाददाता

काठमाडौं : डाइनसोरको पूर्ण रूपमा संरक्षित अवस्थामा भू्रण फेला परेको छ। कम्तीमा ६ करोड ६० लाख वर्ष पुरानो अनुमान गरिएको उक्त भ्रूण दक्षिण चीनको गान्जोमा फेला परेको अनुसन्धानकर्ताहरूले बताएका छन्। 
यो टुथलेस थीरपोड डाइनसोर वा ओभारटोरसोर रहेको विश्वास गरिएको छ र त्यो भू्रणलाई बेबी यीङगलियाङ्ग नामकरण गरिएको छ।

यो खोजले डाइनसोर र आधुनिक चराहरू बीचको सम्बन्धको बारेमा अझ बढी जानकारी अनुसन्धानकर्ताहरूलाई दिने मानिएको छ। टाउकोदेखि पुच्छरसम्म नाप लिँदा बेबी यीङगलियाङ्ग २७ सेन्टिमिटर लामो रहेको छ।
सो भू्रणचीनस्थित यीङगलियाङ्ग स्टोन नेचर हिस्ट्री म्युजियममा रहेको ६.७ इन्च लामो अण्डामा पाइएको हो। -बीबीसी
 

कमेन्ट लोड गर्नुस