कञ्चनपुरमा खैरो हिरोइनसहित एक युवक पक्राउ
२०७८ पुष ८, १०:३३
धनगढी : कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको वेदकोट नगरपालिका -९ का १९ वर्षीय तुषारराम टमटा ०.३४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ। उनलाई प्रहरी चौकी सुडाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस