नेवि संघको चुनावमा भोट हाल्न आएका विद्यार्थी अनेरास्ववियुमा प्रवेश
नेपाली काग्रेंसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को जिल्ला चुनावमा मत खसाल्न आएका प्रतिनिधिहरुले अनेरास्ववियु प्रवेश गरेका छन् । पुर्व एमाले पार्टी कार्यालयमा रौलेश्वर माविका एकाई अध्यक्ष गोपाल बानीयाको नेतृत्वमा नेविसंघको चुनावमा भोट हाल्न आएका २५ जना प्रतिनिधिले अनेरास्ववियु प्रवेश गरेका हुन् । विद्यद्यार्थीहरुको हकहितमा काम गर्ने कुनै योजना नल्याएको र तीन–तीन दिनसम्म सदरमुकाम राखेर आफुहरुलाई अलपत्र छाडेको भन्दै उनिहरुले अनेरास्ववियु प्रवेश गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई गाउँबाट बोलाएर बस्न खानको समेत व्यवस्था नगरेको उनीहरुको आरोप छ ।
पार्टीमा देखिएको व्यक्तीवादी गुटगत राजनीतिले आफुहरु विच्छिप्त भएको असन्तुष्ट प्रतिनिधि गणेश बानियाले बताए । धनी र माफियाका छोरा–छोरीहरुका लागि खान र बस्नको व्यवस्था गरिएको भएपनि गाउँबाट आएका गरिब विद्यार्थीहरुलाई अपमान गरेकाले आफुहरु नेवि संघ छोड्न बाध्य भएको उनीहरुको आरोप छ । नव प्रवेशीहरुलाई अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्की लगायतले स्वागत गरेका थिए ।