कञ्चनपुरमा एक वृद्ध मृत फेला
२०७८ पुष ६, ०२:५०
धनगढी : कञ्चनपुरमा एक वृद्ध मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको पुर्नवास नगरपालिका -११ का ६८ वर्षीय गिरी पार्की मंगलबार बिहान आफ्नै घर नजिक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
उनको शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रमुख प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए।
कमेन्ट लोड गर्नुस