सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी चेम्बर अफ कमर्शको अध्यक्षमा मल्ल

२०७५ पुष २१, ०६:४१

कैलालीको गोदावरी चेम्बर अफ कमर्श को प्रथम साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको पूर्व अर्थ मन्त्री प्रकाश चन्द्र लोहनीले उदघाटन गरे। साधारण सभाले पुनः अध्यक्षमा विनोद मल्ललाई निर्बिरोध चयन गरेको छ। यस्तै उपाध्यक्ष बाणिज्य तर्फ तारा दत्त जोशी, उधोग तर्फ राजु भट्टराई, उपाध्यक्ष बस्तुगत तर्फ तिर्थराज ओझालाई चयन गरेको छ। 
यस्तै महासचिबमा लिलाराम सापकोटा, सचिबमा पदम कार्की, कोषाध्यक्षमा मोहमद नईमुदिन भाट, सह कोषाध्यक्ष धर्मि खडका चयन भएका छन्। त्यस्तै सदस्यहरुमा मान बहादुर चौधरी , जय बहादुर खड्का, सुभाष गौतम, जगबिर थापा, चन्द्रा रिजाल , रमेस बिक, भिमदत्त पाण्डेय, दिपक पौड्याल र नरबहादुर राई चयन भएका छन्। 

कमेन्ट लोड गर्नुस