सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब महिलाको कलेजोमा बच्चाको भ्रूण देखियो !

। फोटो स्रोत ।
२०७८ पुष ५, ११:५२

काठमाडौंः क्यानडामा एकजना महिलाको निकै नै दुर्लभ गर्भावस्थाको घटना सार्वजनिक भएको छ। डाक्टरहरुले यो घटनालाई एक्टोपिक प्रेग्नेन्सीको अति दुर्लभ घटना भएको बताएका छन्। ती महिलाको बच्चाको भ्रूण उनको कलेजोमा बढिरहेको छ।

क्यानडाको म्यानिटोबास्थित बाल अस्पताल अनुसन्धान संस्थाका बालरोग विशेषज्ञ माइकल नार्भेलेउक्त दुर्लभ गर्भका विषयमा खुलासा गरेका छन्।

नार्भेका अनुसार ३३ वर्षकी ती गर्भवती महिला पछिल्लोपटक महिनावारी हुँदा लगातार १४ दिनसम्म रक्तश्राव भैरह्यो र महिनावारीको समय ४९ दिनको भयो। त्यसपछि उनी अस्पतालमा परीक्षणका लागि गइन्। जब महिलाको भिडियो एक्सरे गरियो तब अचम्ममा पार्ने रिपोर्ट देखियो। ती महिलाको कलेजोमा एक भ्रूण देखियो। डाक्टरका अनुसार ती महिलामा एक्टोपिक प्रेग्नेन्सीको अति दुर्लभ घटना हो।

यसअघि यस्तो अस्वभाविक गर्भमा पेटमा गर्भ रहेको देखिएको भएपनि कलेजोमा गर्भ रहेको यो पहिलो घटना भएको बालरोग विशेषज्ञ नार्भे बताउँछन्। यस्तो घटनामा शल्यक्रिया गरेर महिलाको ज्यान जोगाउन सकिने भएपनि भ्रूणलाई जोगाउन किँदैन।

ती महिलाको हकमा पनि शल्यक्रिया मार्फत् उनको ज्यान बचाउन सकियो तर गर्भ भने खेर गएको छ।

कलेजोमा गर्भ बस्नु अर्थात् भ्रूण तयार हुनुलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ। यो निकै दुर्लभ हो। फ्यालोपियन ट्युबको तल गलत तरिकाले डिम्ब जाँदा यस्तो हुन्छ। फ्यालोपियन ट्युबले अण्डाशयलाई पाठेघरसँग जोड्दछ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस