सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिका गलत नम्वरले स्थानीय हैरान

२०७५ पुष २१, १२:३६ सीताराम ओझा

स्थानीय तहले सञ्चालन गरेका वेवसाईटहरुमा राखिएका कतिपय सुचनाहरु गलत राखिएका पाईएका छन् । एउटा संरचना अनुसार सवै स्थानीयहरुका वेवसाईड निर्माण गरिएको भएपनि त्यसमा राखिएका सुचना गलत रहेको भेटिएको हो । वेवसाईटमा जनप्रतिनिधि र कर्मचारीका गलत र अधुरा नम्बर राखिएको पाईएको छ । यसले जन प्रतिनिधिलाई फोन गर्दा अन्यलाई फोन जाने गरेका कारण नम्बर रहेकाहरु पनि हैरान भएका छन् । 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शिवराज विकको पद नै गलत राखिएको छ । वडाध्यक्षलाई सदस्य पद राखिएकोमा उहाँको मोवाईल नम्बर पनि सही छैन् । विकको भनेर वेवसाईडमा राखिएको ९८४८६१७६३० नम्बरको मोवाईलमा फोन गर्दा दिपायल सिलगढी नगरपालिकाको एक विद्यालयमा अध्यापन गराउने दिर्घ ओझालाई फोन जाने गरेको छ । पटक पटक वडाध्यक्षलाई सम्पर्क गर्न खोजिएको भन्दै फोन आउन थालेपछि उनी हैरान भएका छन् । वडाध्यक्ष विकले हाल आएर पोष्टपेड नम्बर राखिएको छ । गलत सम्पर्क राखिएको थाहा पाएपछि उहाँले सच्चाई दिन पटक पटक नगरपालिकालाई आग्रह गरेको बताए पनि अहिलेसम्म पनि गलत राखिएको पद र मोवाईल नम्बर सच्चाईएको छैन । 

अत्तरीया नगरपालिककै आर्थिक प्रशासन भनेर रामचन्द्र जोशीको नाम राखिएको छ । उहाँको नाम मुनि राखिएको नम्बर पनि ९ अंकको मात्रै छ । धनगढी उपहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष फुलराम चौधरीको मोबाईल नम्बर पनि सही छैन् । चौधरीको भनेर राखिएको ९८२५६१९३८९ नम्बरमा फोन गरेमा डोटीको वाण्डुरीसैनका धर्मे लुहारलाई जाने गरेको छ । वडाध्यक्षलाई कामका लागि फोन गर्नेहरु नम्बर आउँदा लुहारलाई रनभुल्ल पारिरहेको छ । 

आफ्नो गलत नम्बर राखिएको वारेमा वडा अध्यक्ष चौधरीलाई जानकारी नै छैन् । पहिले आफुले बोक्ने गरेको एनसेलको नम्बर नै गलत राखिएकोमा अहिले आएर उपमहानगरपालिकाले वडाध्यक्षलाई क्रमानुसारको सिम दिएको भएपनि उप महानगरपालिकाको वेवसाईटमा सच्चाईएको छैन् । यी त केही प्रतिनिधि उदाहरणहरु मात्रै हुन् । सुदुरपश्चिम प्रदेशका ८ड वटा स्थानीय तहका वेवसाईट हेर्ने हो भने त्यहाँ अधुरा र गलत सुचनाहरु प्रशस्त राखिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै स्थानीय तहलाई एकै ढाँचाको वेवसाईट बनाएर दिएकोमा त्यहाँ राखिएका सुचनाहरु भने सही हुन् सकेका छैनन् । सम्बन्धित नगरपालिका वा गाउँपालिकाका नाम अग्रेजीमा लखेर त्यसको पछि एमयुएन डट जिओभी डट एनपि टाईप गर्दै ईन्टर गरेर खुल्ने स्थानीय तहका वेवसाईटहरुमा राखिएका सुचना जानकारीहरुले सही सुचना दिन सकेका छैनन् । तर धनगढी उपमहानगरपालिकाका सुचना अधिकारी सुरेन्द्र सिंह कार्की त्यसमा उपडेट गर्नेहरुले गल्ती गरेको हुनसक्ने भएकोले सच्चाउन लाग्ने बताउँछन् । 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस