सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७८ पुष ३, ०७:०९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलिले लागुऔषधसहित एक जना पक्राउ गरेको हो। भिमदत्त नगरपालिका वडा नम्बर ४ पुरानो बसपार्कबाट सोहि नगरपालिका वडा नम्बर १८ बस्ने १८ वर्षीय अभिसेक दमाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ।

उनको साथबाट शिखर चुरोडको डिभ्बा भित्र तयार गरेको १३ वटा पुडियामा ०.६२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ। उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस