महेन्द्रनगर विमानस्थल निर्माणका लागि नेता लेखकद्वारा पर्यटनमन्त्री आलेको ध्यानाकर्षण
धनगढी : नेपाली काँग्रेसका नेता रमेश लेखकले महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेको ध्यानाकर्षण गराएका छन्।
उनले शनिबार बिहान मन्त्री आलेलाई भेटेर कञ्चनपुरमा रहेको महेन्द्रनगर विमानस्थल बनाउने योजना पूर्व भौतिक पूर्वाधारमन्त्री भएका बेला नै अगाडि सारेको भएपनि हालसम्म कामले गति नलिएको भन्दै ध्यानाकर्षण गराएका हुन्। मन्त्री आलेले विमानस्थलका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको बताउँदै चाँडै विमानस्थलको शिलान्यास गरिने आश्वासन दिएका छन्। कञ्चनपुर नेता लेखकको गृहजिल्ला हो।