बैतडीमा कोरोना संक्रमित वृद्धको मृत्यु
२०७८ पुष ३, ०८:५३
धनगढी : बैतडीमा कोरोना भाइरस संक्रमित एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका -१ का ८५ वर्षीय वृद्धको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। ती वृद्ध बिहीबार मात्रै अस्पतालमा भर्ना भएका थिए।
कमेन्ट लोड गर्नुस