एसओएस बालग्राम धनगढीद्वारा खेलकुद सामग्री वितरण
धनगढीः एसओएस बालग्राम धनगढी अन्तर्गत सञ्चालनमा रहेको परिवार सबलीकरण कार्यक्रममा समावेश बालबालिकाहरु अध्ययनरत विद्यालयहरु र सुन्दर विहानी बाल क्लवलाई एसओएस बालग्राम धनगढीले खेलकुद सामग्री वितरण गरेको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष भीमबहादुर बोगटी तथा एसओएस बालग्राम धनगढीका परियोजना निर्देशक पदमबहादुर हमालले खेलकुद सामाग्री वितरण गरेका हुन्। राष्ट्रिय मावि तारानगर, मोहनी आधारभूत विद्यालय, तिलकनगर र बालज्योति आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।
बालबालिकाको समग्र विकासको लागि खेलकुद पनि आवश्यक भएकोले परिवार सवलीकरण कार्यक्रम अन्तर्गत समावेश भएका बालबालिका अध्ययनरत विद्यालयहरुलाई खेलकुद सामाग्री दिईएको हो । एसओेएस बालग्राम नेपालले आमावुवा गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाको स्याहार र संरक्षणका गर्दै आएको छ।
वैकल्पिक स्याहार अन्तर्गत करिब ४०० बालबालिकालाई एसओएस बालग्राम धनगढीले हेरचाह गर्दै आइरहेको छ । यसै गरि विगत पाँच वर्षदेखि एसओएस बालग्राम धनगढीले समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रम मार्फत घोडाघोडी नगरपालिकाको वडा नम्बर ८ को जरहीमा करिब २०० बालबालिकालाई पोषण, शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्दै आइरहेको छ ।