सुन्दर सुदूरपश्चिम महोत्सव सुरु
धनगढीमा यस क्षेत्रको पर्यटन, कृषि तथा कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले आजदेखि सुन्दर सुदूरपश्चिम महोत्सव सुरु भएको छ। महोत्सवको सुदूरपश्चिम प्रदेशका वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले उद्घाटन गरे। विश्वज्योति युवा क्लब र शक्ति यूवा क्लबको आयोजनामा महोत्सव सुरु भएको हो। महोत्सवको उद्घाटन पुर्व विभिन्न समुदायको झाँकी सहित रातोपुलदेखि महोत्सव स्थल सम्म र्याली निकालिएको थियो। महोत्सबमा रहेका ३ सय ५० स्टल राखिएको छ।