कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकीबाट खटीएको सीमा गस्ती टोलीले सामान बरामद गरेको हो।
बेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य १ लाख १४ हजार १०८ बराबरको किराना, कष्मेटिक, कपडा, प्लाष्टिक समान बरामद गरीएको गणले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको बताइएको छ।