२४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौंः पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११०१८ जनामा गरिएको नमूना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना अस्पतालबाट निको भएर फर्किएका छन्।
अहिले देशभर ५५२६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा २४०५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।