सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको खोडपे आसपासमा ३ दिनदेखि छैन विजुली

२०७८ मंसिर २७, १२:१७ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोडपे आसपासमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। पाटन ३ ट्क्लेदेखि खोडपेसम्म विद्युत सेवा अवरुद्ध बनेको छ। शनिबारदेखि विद्युत अवरुद्ध हुदा त्यहाँका सेवाग्राही समस्यामा परेका छन्। 

विद्युतबाट संचालनमा रहेका खानेपानी योजना बन्द भएका छन् भने बैंकिङ कारोबार समेत ठप्प भएका छन्। लगातार ३ दिनदेखि विद्युत अवरुद्ध हुँदा पनि कुनै निकायले चासो नदिएको स्थानीय अर्जुन बिष्टले बताए। सोमबार बिहानैदेखि कर्मचारीहरु फिल्डमा रहेकाले दिउँसोसम्म विद्युत सुचारु हुने विद्युत वितरण केन्द्र पाटनका प्रमुख पुष्पराज भट्टले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस