सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ

२०७८ मंसिर २५, ०८:५६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बि.ओ.पि.थापाचोकबाट खटीएको सीमा गस्ती टोलीले लागुऔषधसहित १ जना पक्राउ गरेको हो। पुनर्वास नगरपालिका ४ कार्गिलडाँडा स्थित सीमा ईलाकामा भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका  ५ ग गाउँ बस्ने अन्दाजी २३ वर्षीया आकाश ओड पक्राउ परेका हुन्। 

उनलाई चेक जाँच गर्ने क्रममा उनको साथबाट लागु औषध नेट्राभेट १० ट्याब्लेट ८९ पीस, १ थान मोबाइल र ३२० नेपाली रुपैयाँ सहित बरामद गरीएको गणले जनाएको छ। 
उनलाई पक्राउ गरि कानूनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय  त्रिभुवनबस्तीमा बुझाएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस