सुदूरपश्चिम सरकार मातहतका स्वास्थ्य सस्थामा रिक्त पदको विषयमा अनभिज्ञ
सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालय आफ्नै मातहतका स्वास्थ्य सस्थामा रिक्त पदको विषयमा अनभिज्ञ देखिएको छ। स्वास्थ्य सेवा विभागले प्रदेशका स्वास्थ्य सस्थामा रहेका रिक्त पदको पुर्तीका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई निर्देशन दिएपनि कुन स्थास्थ्य सस्थामा कति पद रिक्त छन भन्ने विषयमा जानकारी नहुँदा समस्या भएको हो। आफ्नै मातहतमा रहेका स्वास्थ्य सस्थामा कति स्वास्थ्यकर्मी आवश्यक छन् भन्ने विषयमा प्रदेश सरकार अनभिज्ञ भएपछि अहिले प्रदेशको स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य सस्थाहरुलाई तथ्याङक माग गरेको छ।
संघीय सरकार अन्तरगतको स्वास्थ्य सेवा विभागले चौथो तहदेखि आठौँ तह सम्मका स्वास्थ्यकर्मीको रिक्त पदको आधारमा करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएपनि रिक्त पद के कती छन भन्ने विषयमा जानकारी नहुँदा स्वास्थ्यकर्मी थप्नका लागि समस्या देखिएको हो। स्वास्थ्य सेवा विभागले मंसिर २६ गते नै स्वास्थ्य सेवा तर्फका रिक्त पदमा आठौँ तहसम्मका कर्मचारी राख्न दिर्नेशन दिईसकेको स्वास्थ्य सेवा विभागका सुचना अधिकारी महेश पाण्डेयले जानकारी दिए।
प्रदेश सरकार सञ्चालनको १० महिना बढी भईसक्दा समेत आफ्नै प्रदेशमा रहेका स्वास्थ्य सस्थामा कुन पदमा कति कर्मचारीको पद रिक्त छ र थप स्वास्थ्यकर्मीको आवश्यकताका विषयमा कुनै जानकारी छैन्। जस्ले गर्दा प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउन पनि समस्या बढ्दै गएको छ। ८ औँ तहसम्म कर्मचारी थप्ने र सातौँ तहसम्म स्वास्थ्य कर्मचारी सरुवा गर्ने अधिकार प्रदेश सरकारलाई आईसकेपनि सामाजिक विकास मन्त्रालयले तथ्यांक संकलनको काम भईरहेको जनाएको छ। मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले तथ्यांक संकलनका लागि काम अगाडी वढिरहेकोले केही समयभित्र तथ्यांकल आउने बताए।
प्रदेश सरकारसंग कुनै तथ्याङक नभएपछि पौष ९ गते सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सवै स्वास्थ्य सस्थालाई रिक्त पदको जानकारी २२ गत भित्रै दिन निर्देशन दिएको छ। उप क्षेत्रीय अस्पताल डडेल्धुरा, २ अञ्चल अस्पताल, ४ स्वास्थ्य कार्यालय, १५ शैयामाथिका थप ४ वटा अस्पताल र ८८ वटै स्थानीय तहलाई रिक्त पदको सङख्या तहगत रुपमा जानकारी दिन आग्रह गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।
सुदूरपश्चिमभरीका अस्पताल र अन्य स्वास्थ्य सस्थाहरु प्रदेश सरकारको मातहतमा आएको पनि धेरै भईसकेको छ। तर आफ्नै प्रदेशका स्वास्थ्य सस्थामा रिक्त पद के कति छन् भन्ने विषयमा प्रदेश सरकारलाई जानकारी नभएपछि प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारसंग कुनै योजना नै नभएको अनुभुती पनि भएको छ।