रुपेश स्वार, पुष्पराज कुँवर र डिल्लीराज अवस्थीद्धारा प्यानल सहित मनोनयन दर्ता
कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि त्रिपक्षीय भिड्न्त
कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । रुपेश स्वाँर, पुष्पराज कुँवर र डिल्लीराज अवस्थीले प्यानल सहित मनोनयन दर्ता गरेपछि त्रिपक्षीय भिड्न्त हुन लागेको हो । संघको महासचिव पदमा काम गरेका रुपेश स्वाँरले प्यानल सहित मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार वन्नका लागि मनोनयन दर्ताका लागि दिईएको विहान ९ वजेदेखि ११ बजेको समयमा मनोनयन दर्ता गरिएको हो । संघका मुख्य सात जना पदाधिकारी सहित ११ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो ।
स्वाँर अध्यक्ष पदमा मनोनयन दर्ता गरेकोमा सोही प्यानलवाट उद्योग उपाध्यक्ष तर्फ गजराज पाण्डेय, उपाध्यक्ष वाणिज्य तर्फ टेकवहादुर खड्का उपाध्यक्ष वस्तुगत तर्फ अनिल कुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा अब्बु, सचिवमा सुजित शर्मा मनोनयन दर्ता गरेका छन् । यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक वोहोरा, रुपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहोरा रहेका छन् ।
यस्तै संघका कोषाध्यक्ष भएर काम गरिसकेका पुष्पराज कुँवरले पनि प्यानल सहित मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार वन्नका लागि मनोनयन दर्ताका लागि दिईएको विहान ११ वजेदेखि १ बजेको समयमा मनोनयन दर्ता गरिएको हो । संघका मुख्य सात जना पदाधिकारी सहित ११ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो । कुँवरले अध्यक्षमा मनोनयन दर्ता गराएको प्यानलको उद्योग तर्फ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष वाणिज्य तर्फ गगन केसी उपाध्यक्ष वस्तुगत तर्फ शिवराज कुँवर महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले मनोनयन दर्ता गरेका छन् । यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितिमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंह रहेका छन् ।
यसैगरी संघको सदस्य भईसकेका डिल्लीराज अवस्थीले प्यानल सहित मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार वन्नका लागि मनोनयन दर्ताका लागि दिईएको दिउँसो १ बजेपछिको समयमा मनोनयन दर्ता गरिएको हो । संघका मुख्य सात जना पदाधिकारी सहित ८ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो । अवस्थलीले अध्यक्षमा मनोनयन दर्ता गराएको प्यानलको उद्योग तर्फ उपाध्यक्षमा रामचन्द्र राना, उपाध्यक्ष वाणिज्य तर्फ ईन्द्र सेठी, उपाध्यक्ष वस्तुगतमा वासुदेव भट्ट महासचिवमा नवराज रेग्मी कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपानेको मनोनयन परेको छ । त्यसैगरी ११ जना सदस्यको पदमा ८ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा रोशन माढीकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, धुव्रराज कार्की, शंकर चौधरी, केशव कार्की, सरस्वती चौधरी र प्रमिला पाठक रहेका छन् ।
साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन गरिनेछ । पुस १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितीले जनाएको छ । त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीले जनाएको छ । कैलाली उद्योग वािणज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउँनेछन् ।