सुदूर नेपाललाई विश्वसँग जोड्दै

सदस्य डिल्लीराज अवस्थीद्धारा प्यानल सहित मनोनयन दर्ता

कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी    

२०७५ पुष १८, ०४:१६ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि सदस्य डिल्लीराज अवस्थीले प्यानल सहित मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार वन्नका लागि मनोनयन दर्ताका लागि दिईएको दिउँसो १ बजेपछिको समयमा मनोनयन दर्ता गरिएको हो । संघका मुख्य सात जना पदाधिकारी सहित ८ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो । 

अवस्थलीले अध्यक्षमा मनोनयन दर्ता गराएको प्यानलको उद्योग तर्फ उपाध्यक्षमा रामचन्द्र राना, उपाध्यक्ष वाणिज्य तर्फ ईन्द्र सेठी, उपाध्यक्ष वस्तुगतमा वासुदेव भट्ट महासचिवमा नवराज रेग्मी कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपानेको मनोनयन परेको छ । यसैगरी ११ जना सदस्यको पदमा ८ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा रोशन माढीकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, धुव्रराज कार्की, शंकर चौधरी, केशव कार्की, सरस्वती चौधरी र प्रमिला पाठक रहेका छन् ।

मनोनयन दर्ता भएपछि साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन गरिनेछ । पुस १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितीले जनाएको छ । त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीले जनाएको छ । कैलाली उद्योग वािणज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउँनेछन् । 

 

कमेन्ट लोड गर्नुस