सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ महोत्सवमा चक्र बमले झोक्किएर फाले माइक (भिडिओसहित)

२०७८ मंसिर २४, ०२:३९ टेकसिंह धामी

धनगढीः बझाङमा साँस्कृतिक महोत्सव जारी छ। जिल्ला सदरमुकाम चैनपुरमा मंसिर १७ गतेदेखि सुरु भएको साँस्कृतिक तथा पर्यटन महोत्सव भोलि सम्पन्न हुने जनाइएको छ। 

बझाङ महोत्सवमै भएको एक घटनाका कारण गायक तथा मोडल चक्र बम केही दिनयता चर्चामा छन्। महोत्सवमा प्रस्तुति दिने क्रममा स्टेजबाटै गित गाउँदा गाउँदै माइक फालेपछि बमको सामाजिक सञ्जालमा आलोचना समेत भैरहेको छ। बमले घमण्डपूर्ण स्वभाव देखाएको दर्शकहरुको भनाइ छ। बमले महोत्सवमा २१ गते प्रस्तुतिकै क्रममा माइक फालेका थिए। उनी झोक्किएर माइक फालेको भिडिओ अहिले फेसबुक र टिकटमा भाइरल भइरहेको छ।

यस विषयमा दिनेशखबरले महोत्सव आयोजक टिमसँग सम्पर्क गर्दा साउन्ड सिस्टमको खरावीका कारण त्यस्तो भएको जनाएको छ। उक्त घटना सामान्य भएको भन्दै सुदूरपश्चिमको कला सँस्कृतीको संरक्षण गर्न महोत्सव आयोजना गरिएको आयोजक टिमको धारणा छ।

 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस