सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ : सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ।
अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार २०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ। बिहीबार यसको मूल्य प्रतितोला ९१ हजार ८०० तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ डलर आसपास कारोबार भइरहेको छ।