धनगढीमा एनसीसी बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
२०७८ मंसिर २३, ०६:३१
धनगढीः धनगढीमा एनसीसी बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बिहीबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमेटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
‘कम्तीमा एक परिवार एक रक्तदाता अभियानमा सहभागी हौ’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ। आयोजना भएको रक्तदान कार्यक्रमबाट ५५ पिन्ट रगत संकलन भएको छ।
कमेन्ट लोड गर्नुस