कोषाध्यक्ष पुष्पराज कुँवरद्धारा प्यानल सहित उम्मेदवारी दर्ता
कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी
कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका कोषाध्यक्ष पुष्पराज कुँवरले प्यानल सहित मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार वन्नका लागि मनोनयन दर्ताका लागि दिईएको विहान ११ वजेदेखि १ बजेको समयमा मनोनयन दर्ता गरिएको हो । संघका मुख्य सात जना पदाधिकारी सहित ११ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो ।
कुँवरले अध्यक्षमा मनोनयन दर्ता गराएको प्यानलको उद्योग तर्फ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष वाणिज्य तर्फ गगन केसी उपाध्यक्ष वस्तुगत तर्फ शिवराज कुँवर महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले मनोनयन दर्ता गरेका छन् । यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंह रहेका छन् ।
मनोनयन दर्ता भएपछि आज साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन गरिनेछ । पुस १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितीले जनाएको छ । त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीले जनाएको छ । कैलाली उद्योग वाणिज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउँनेछन् ।