सुदूर नेपाललाई विश्वसँग जोड्दै

उखुको मूल्य बढ्ने

२०७८ मंसिर २३, ०३:२८ खबर संवाददाता

काठमाडौं: सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ। उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको र यसैसाता उखुको मूल्य तोक्ने गरी तयारी गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताए।

गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो। यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ।

कमेन्ट लोड गर्नुस