कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । यसअघि तोकिएको निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार वन्नका लागि मनोनयन दर्ता हुन लागेको हो। यता संघमा उम्मेदवारी दिनका लागि दुई प्यानल सहित उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन्।
संघका महासचिव रुपेश स्वाँरले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्यानल सहित उम्मेदवारहरुले मनोनय दर्ता गराउने घोषणा गरिएको छ। स्वाँर अध्यक्ष रहेको प्यानलको वाणिज्य उपाध्यक्ष तर्फ गजराज पाण्डेय, उपाध्यक्ष उद्योग तर्फ टेकवहादुर खड्का उपाध्यक्ष वस्तुगत तर्फ अनिल कुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा, सचिवमा सुजित शर्मा लगायतले उम्मेदवारी दिने भएका छन्। अन्य ९ जना सदस्यहरुले पनि प्यानलवाट मनोनयन दर्ता गराउने पक्का भएपनि दुई जना सदस्यको भने टुङगो लगाउन बाँकी रहेको प्यानलको सचिव पदका उम्मेदवार सुजित शर्माले जानकारी दिए।
यस्तै संघका कोषाध्यक्ष पुष्पराज कुँवरले पनि प्यानल सहित उम्मेदवारी दर्ताको तयारी थालिएको छ। अध्यक्ष कुँवर रहने प्यानलको वाणिज्य तर्फ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष उद्योग तर्फ गगन केसी उपाध्यक्ष वस्तुगत तर्फ शिवराज कुँवर महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले उम्मेदवारी दर्ता गराउने तयारी गरिएको छ। ११ जना सदस्यमा १० जनाको तय भईसक्दा पनि एक जनाको नाम कुँवर प्यानलले पनि टुङग्याउन वाँकी रहेको छ। यसअघि गत वैशाख २२ को साधारण सभा रहेको टीमले उम्मेदवारी दर्ता गराउने अवस्थामा दुई जना सदस्य पदका उम्मेदवार वसाई सरेर काठमाडौ गएकोले परिवर्तन गरिएको र वाँकी सवै जना यथावत रहेको पुष्पराज कुँवर प्यानलवाट सचिव पदका उम्मेदवार सिद्धराज पनेरुले जानकारी दिए।
दुवै वटा प्यानल सहित अन्यको पनि मनोनयन दर्ता हुने सम्भावना देखिएको छ। डिल्लीराज अवस्थीले अध्यक्ष र जयराज न्यौपानेले सचिवमा उम्मेदवारी दर्ता गराउने देखिएको छ। अन्य पदमा पनि उम्मेदवारी पर्न सकिने देखिएको छ। आज मनोनयन दर्ता भएपछि साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन गरिनेछ। पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीले जनाएको छ। कैलाली उद्योग वािणज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउँनेछन्।