सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

फोटोः  रामारोशन टुडे
फोटोः रामारोशन टुडे
२०७८ मंसिर २२, ०८:०२ खबर संवाददाता

अछाम: अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पर्ने गैरीटाँड– मंगलसेन सडक खण्डको कमलबजार ६ बुदेखोला नजिकै मोटरसाइकलसहित शव फेला परेको हो। मृत्यु हुनेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझका २६ वर्षीय गगन जनाला रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल दुर्घटनाबाट ज्यान गएको हुनसक्ने प्रहरीले बताएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको र घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस