जिप दुर्घटना हुदाँ चालकको मृत्यू
बैतडीको पुर्चौडी नगरपालिका ६ भुमिराजमा जिप दुर्घटना हुदाँ चालकको मृत्यू भएको छ। दिउँसो साडे १२ बजे पुर्चौडीबाट घनगडिका लागी छुटेको से १च १५७२ नम्बरको जीप दुर्घटना हुदाँ डोटी जोरायलका २८ बर्षिय जिप चालक कमल सुनारको मृत्यू भएको हो। जीप सडक भन्दा ५सय मिटर तल खसेको छ। जीपमा २ जना मात्रै सवार रहेको र जीपका साहू तेज रावल भने सकुसल रहेको प्रहरीले जनाएको छ। प्रहरीको टोलि घटनास्थल पुगि घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक गिन्द्र बहादुर बोगटिले बताए।