मोेहन्याल गाउँपालिकाका जनप्रतिनिधिको भाग खोज्न मोलमोलाई
एक अर्कामाथिको आरोप प्रत्यारोप राजनितिक रुपमा मिलाउने प्रयास
आर्थिक अनिमितता भएको आरोप लागेको मोहन्याल गाँउपालिकाका जनप्रतिनिधिले भ्रष्ट्राचारको रकममा मोलमोलाईका लागि एक अर्कालाई आरोप प्रत्यारोप लगाएको खुलेको छ । गाँउपालिकाका उपाध्यक्ष पुजा मगरले नै पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्ष नवल सिंह रावलले आर्थिक अनियमितता गरेको आरोप भाग नपाएपछि गरेको खुलेको हो । तर एउटै राजनितिक दलबाट जनप्रतिनिधिमा निर्वाचित भएका कारण आरोप प्रत्यारोपलाई राजनितिक रुपमा मिलाउने प्रयास भईरहेको छ ।
मोहन्याल गाँउपालिकाले गत आर्थिक बर्षको २९ करोड बजेटमा आर्थिक अनिमिता गरेको आरोप लगाउने उपाध्यक्ष सहितका वडाध्यक्षहरुले भाग नपाएपछि आरोप लगाईएको खुलेको हो । गाँउपालिकाले गत आर्थिक बर्षमा सार्वजनिक सुनुवाई समेत नगरेको र विकास बजेट पनि काम नै नगरी भुक्तानी लिएको आरोप लागेको लगाईएको थियो। पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमा आरोप लगाउने उपाध्यक्ष र वडाध्यक्षहरुले आफ्नो भाग नपाएपछि त्यो आरोप लगाईएको खुलेको हो । तर गाउँपालिकका योजनाहरु कार्यान्वयन गर्दा आफुहरुसँग ५० हजार नगद घु मागेको स्थानीय वासिन्दाले बताएका छन् ।
मोहन्याँल गाँउपालिकाको आर्थिक बर्ष २०७४÷०७५ मा झण्डै २९ करोड बजेटको बजेट रहेको थियो। यो बजेट कुन आयोजनामा कति खर्च भयो सूचना दिइएको छैन्। गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त जोशीले खर्चको सूचना दिने आस्वासन दिएका थिए । तर अहिले उनको फोन बन्द गरिएको छ। गाँउपालिकाको विकास बजेटमा भ्रष्ट्राचार भएपछि नेकपाकै नेताहरुले आन्तरिक रुपमा मिलाउने प्रयास भईरहेको स्रोतले बताएको छ। स्रोतका अनुसार एक पक्षले हिनामिना भएको रकमको भाग नपाएपछि पत्रकार गुहारेका थिए। उनीहरुको भागबण्डा अव राजनीतिक रुपमा मिलाउन थालिएको स्रोतको भनाई छ। गाउँपालिका अध्यक्ष नवल सिंह रावल र जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर थापासंग यस विषयमा वैठक भएको छ । राजनितिक रुपमा आरोप प्रत्यारोपलाई हटाउनका लागि विशेष गाउँ सभा गर्ने सहमति भएको मोहन्याँल गाँउपालिकाको कार्यपालिका सदस्य विशाल पहराइले बताए ।
बिशेष गाँउ सभाका लागि हस्ताक्षर सुरु भएको छ । केही दिनमा अध्यक्षलाई अस्ताक्षर बुझाउने तयारी गरिएको छ। साविकको मोहन्याल गाविस क्षेत्रको सबै जनप्रतिनिधिले हस्ताक्षर गरेका छन्। अन्य क्षेत्रका जनप्रतिनिधिले पनि हस्ताक्षर गरिहेका छन्। हस्ताक्षर अध्यक्षलाई बुझाएको एक हप्ताभित्र अध्यक्षले बिषेश गाँउ सभा बोलाउनु पर्ने कानूनी व्यवस्था रहेको छ । मोहन्याँल गाँउपालिकाका अध्यक्ष नवलसिँह रावलले बैठकका लागि तयारी भईरहेको प्रतिक्रिया दिए । मोहन्याँल गाँउपालिका पुगेका जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले भ्रष्ट्राचार भए नभएको बिषयमा केही नखुलेको बताए ।