सुदूर नेपाललाई विश्वसँग जोड्दै

टुहुरो नातीको भविस्य खोज्दै वासुदेवी

२०७५ पुष १६, ०६:४१

बझाङको थलारा गाँउपालीका ५ दुवाली घर भएकी बासु देवी दमाईको घरमा अब विउको रुपमा एक नाती मात्र बाँकी रहेको छ  । २ वर्षको नाती लाई बचाएर उसको भविस्य संगै उनि घरको सन्ततिका रुपमा देख्न चाहन्छन् । तर २ वर्षको टुहुरो नातीलाई कसरी बचाउने भन्ने उनलाई  पिर छ । श्रीमान १० वर्ष अगाडी वितेपछि बासुदेवी ग एक छोरा थियो । छोरालाई हुर्काएर पालन पोषण गरि ५ वर्ष अगाडी छोराको विवाह समेत गरिन् । बुहारी ल्याएर केही सुख पाएकी बासुदेवीकी बुहारी विस्नाको गतवर्ष विरामी भएर मृत्यु भयो । साथमा छोरो र एकसानो नाती थियो । तर दैव संयोग ५ महिना अगाडी उनको छोरा नरे दमाई पनि घाँस काट्न जंगल गएका बेला भीरवाट लडेर मृत्यु भयो । अधवैसमै श्रीमान गुनाएकी एक छोरा एक बुहारी भएर नाती समेत पाएकी बासुको छोरा बुहारी पनि मृत्यु भएपछि अहिले २ वर्षको टुहुरो नाती तड्ग्राउदै दिन विताउदै छन् । 
 
घरको विउको रुपमा अव यो नाती मात्र साथमा छ थलाराको विस्खेत गाँउमा भेटभएकी बासुदेवीले भनिन् टुहुरो यो नातीलाई बचाउन मलाई समस्या छ । उरुको ज्याला मजदुरी गरेर खाने बासुदेवी अहिले घरमा यस्तो विजोग भएपछि चिन्ता सोकले रुदै कुनै बेला बेहोस हुने गर्दछन् । परिवारमा भएको यस्तो दुखुत घटनाले आफु पनि  मर्ने ने बाँचने जस्ती छु उनले भनिन् नाती कसरी बचाउने भन्ने चिन्ता छ । २ वर्षको उनको नाती लाई निमोनिया हुने समस्या छ । 

आफु त यस्तै  कहिले  माईत कहिले पोईल गरेर दिन काटिहाल्थ्ये तर नातीको शिक्षा दिशा र पालन पोषणका लागी समस्या भएको उनले दुख पोखीन् । सानो टिनले छाएको उनको घरमा खानलाई पनि केहि छैन । शरिर ढाक्ने लुगाफाटो छैन । सानो नाती लाई चिसोमा लगाउने कपढा समेत उनले किन्न सकेकी छैन । साथै घरभित्र चिसोमा ओढ्ने न्यानो कपडा समेत उन संग छैन । दुवाली गाँउमा वासुदेवी दमाई लाई सवै भन्दा गरिबी र समस्या छ सोही गाँउका पदम दमाईले भने उनको नातीलाई कुनै संघ सस्था र सरकारले लिएर अनाथालयमा राखेर पालन पोषण साथै पढाई लेखाई दियो भने उनलाई सजिलो हुन्थ्यो । बासुदेवी पनि नातीलाई सरकारले अनाथालयमा लिएर पढाउने व्यवस्था गरि दिए चाहन्छन् । ४० वर्ष उमेरकी बासुदेवीसंग सानो घर बाहेक कमाई खाने जमिन समेत छैन ।  
 

कमेन्ट लोड गर्नुस