सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा रेडक्रसले सचेतता फैलाउँदै

२०७८ मंसिर २१, ०२:५२ खबर संवाददाता

बझाङः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङले आयोजना गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि १ दिने अभिमुखिकरण गोष्ठी कार्यक्रम तलकोट गाउँपालिकामा सम्पन्न भएको छ। रेडक्रसले जिल्लामा विपद् न्यूनीकरणको लागि सचेतना अभियान चलाइरहेको कार्यक्रममार्फत जानकारी दिएको छ।

यस्तै विपद् जोखिम न्यूनीकरण तथा  विपद् पूर्वतयारी सम्बन्धि गोष्ठी कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा संचालन भैरहेको रेडक्रस सोसाइटी जिल्ला शाखा अधिकृत श्याम नेपालीले बताए।

कमेन्ट लोड गर्नुस