सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमिक्रोनको त्रासः बुस्टर डोज दिने सरकारको तयारी

२०७८ मंसिर १९, ०३:२२ खबर संवाददाता

काठमाडौंः सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने तयारी गरेको छ। नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि विश्वका अधिकांश मुलुकहरुले बुस्टर डोज दिइरहेका बेला सरकारले पनि त्यसको तयारी थालेको हो।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुस्टर डोज दिने सम्बन्धमा छलफल भइरहेको बताए। उनका अनुसार सम्भवतः आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने उनले बताए।

'बुस्टर डोजको विषयमा क्याबिनेटमा प्रस्ताव लैजाने तयारी छ। ओपन गर्ने तयारी छ। सेडुअल बनाएर अघि बढछौं,' उनले भने। मन्त्री खतिवडाले बुस्टर डोज सम्बन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको बताए। प्रधानमन्त्री देउवाले सो सम्बन्धमा प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनले बताए।

कमेन्ट लोड गर्नुस