कञ्चनपुरको गड्डाचौकीबाट अवैध सामान बरामद
धनगढीः कञ्चनपुरमा प्रहरीले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेका सामान बरामद गरेको छ। सप्र बल नेपाल नं ३५ गण शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकीको टोलीले गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरेर अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु १,६४,८०० बराबरको मकैको बिउ (हाई ब्रेड), प्लाष्ट्रिक कुर्ची, प्लाष्ट्रिक भाडा र प्रतिबन्धित माछा बरामद गरेको जनाएको छ।
उक्त सामानहरु बरामद गरेर आवश्यक कानूनी कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी बुझाईएको र प्रतिबन्धित माछा पशु क्वारेन्टाईन कार्यालय गड्डाचौकी बुझाईएको प्रहरीले जनाएको छ।